अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेम्वाङकाे श्रद्धाञ्जलीमा राधिका शाक्य भावविव्हल

नेम्वाङकाे श्रद्धाञ्जलीमा राधिका शाक्य भावविव्हल


काठमाडौँ–नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा श्रद्धाञ्जली अर्पण गर्न एमाले पार्टी कार्यालय च्यासल पुग्नुभएकी पार्टी अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्य भावविह्वल बन्नुभएकाे छ।

एमालेका दिवंगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अहिले अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ। जहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितले नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिइरहेका छन्।

श्रद्धाञ्जली दिने क्रममा अध्यक्ष ओली पत्नी राधिका शाक्य भावविह्वल अवस्थामा देखिए। उहाँले आफ्नो आँशु थाम्न सक्नु भएन। उहाँलाई सम्हालिन कठिन भइरहेको देखिन्थ्यो । 

नेम्वाङलाई श्रद्धाञ्जली दिन एमालेका उच्च तहका नेताहरु, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि पुगिसक्नु भएको छ। नेम्वाङको पार्थिव शरीरमा माल्यार्पण गर्न च्यासलमा विभिन्न दलका नेता-कार्यकर्ताहरूको भीड लागेको छ। सभामुख देवराज घिमिरे, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायत पनि पुग्नुभएकाे छ। सबै स्तब्ध र मलिन अनुहारमा छन् ।