काठमाडौँ-काठमाडौँ उपत्यकामा गएराति भारी वर्षा भएको छ । जसले गर्दा नदी तथा खोलामा जलसतह बढेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार मनोहरा जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ । नदी तटीय क्षेत्रहरूमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहानसम्मै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तै काठमाडौँ उपत्यकाको धोविखोला कपन र धोविखोला चाहबिल जलमापन केन्द्रमा जलसतह उल्लेख्य बढेको महाशाखाले उल्लेख गरेको छ । नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहानसम्मै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।




प्रतिक्रिया