अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी जिल्लाका नदीमा आज बाढीको पूर्वानुमान

यी जिल्लाका नदीमा आज बाढीको पूर्वानुमान


काठमाडौँ–आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जसले गर्दा देशका केही भू–भागमा आज बाढीको पूर्वानुमान रहेको छ । 

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका क्षेत्र भएर बहने नदी तथा खोलामा जलसतह बढ्ने सम्भावना रहेको छ । 

यस्तै नुवाकोट, लमजुङ, कास्की, पर्वत, पाल्पा, म्याग्दी, बाग्लुङ, प्युठान, रोल्पा र आसपास भएर बहने केही नदी तथा खोलामा बहाव सामान्य बढ्ने पूर्वानुमान रहेको छ ।

आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव सामान्य घटबढ रहने महाशाखाले जनाएको छ । यद्यपि, जलसतह सतर्कता तहभन्दा तलै हुने पूर्वानुमान रहेको छ ।