अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी जिल्लाका नदीमा आज पानीको बहाव बढ्ने

यी जिल्लाका नदीमा आज पानीको बहाव बढ्ने


काठमाडौँ-देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । जसले गर्दा  

देशका अधिकांश ठूला नदीमा आज पानीको बहाव सामान्य घटबढ हुने पूर्वानुमान गरिएको छ । यस्तै केही साना नदीमा पनि बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज इलाम, झापा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, लमजुङ, कास्की, जाजरकोट, सल्यान, पर्वत, पाल्पा, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी, बझाङ, बाजुरा र दार्चुला आसपास भई बहने केही साना नदीमा बहाव सामान्य बढ्न सक्नेछ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव सामान्य घटबढ रहने महाशाखाले जनाएको छ ।

Skip This