अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाल गायक आयनको ‘गुनगुनाउँछु गीतहरु’ सार्वजनिक

बाल गायक आयनको ‘गुनगुनाउँछु गीतहरु’ सार्वजनिक


काठमाडौँ-बाल गायक आयन पौडेलको स्वरमा ‘गुनगुनाउँछु गीतहरु’ बोलको गीत सार्वजनिक भएको छ। उक्त गीत लेखु सहयात्रीको शब्द, गायक तथा संगीतकार तथा संगीत प्रशिक्षक अमृत छेत्रीको संगीत तथा योगेश काजीको संगीत संयोजनमा गीत तयार भएको हो।

गीतको भिडियो वरिष्ठ गीतकार एवं चिकित्सक डा.भोला रिजाल, वरिष्ठ गीतकार तथा पूर्वसचिव शङ्कर कोइराला, गायक प्रेमराजा महत, ट्रमा सेन्टरका निर्देशक डा बद्री रिजालको उपस्थितिमा विमोचन गरिएको छ। 

तीन वर्षदेखि सुरशाला सङ्गीत विद्यालय झम्सिखेलमा गायक तथा सङ्गीतकार अमृत छेत्रीसँग गायन प्रशिक्षण लिँदै आएका बाल प्रतिभा आयन पौडेलले आगामी दिनमा पनि गीत सङ्गीत क्षेत्रमा सक्रिय रहने बताउनुभयो। 

बुबा नलराज र आमा अनिताको प्रेरणामा गीत सङ्गीतको क्षेत्रमा लागेको जनाउँदै बाल गायक पौडेलले गीतको अडियो र भिडियो राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा विश्वास व्यक्त गरे।  

कार्यक्रममा गीतकार एवं चिकित्सक डा भोला रिजाल, गीतकार तथा पूर्वसचिव शङ्कर कोइराला, गायक प्रेमराजा महतले बाल गायक पौडेलमा नेपाली सङ्गीत क्षेत्रका लागि आशालाग्दो सम्भावना रहको बताउनुभयो।

Skip This