उदयपुर-नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा युवा नेता महेश बस्नेतले मुलुकका प्रधानमन्त्री नै सामाजिक सद्भाव विथोल्ने गरी हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोप लगाउनु भएको छ।
राष्ट्रिय युवा संघ नेपाल उदयपुरको १०औं जिल्ला अधिवेशनको उद्घाटन प्रेस चौतारी नेपालले सदरमुकाम गाईघाटमा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बस्नेतले अतिजातिवादी र अराजक तत्वहरूको झुण्डलाई प्रोत्साहन पुग्ने गरी प्रधानमन्त्रीले प्रसय दिएको आरोप लगाउनु भयो ।
उहाँले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति देशलाई अस्थिरतातर्फ धकल्ने मात्र भएकाले जथाभावी बोलेर समाजलाई जजरजस्त हिंसात्मकतर्फ लैजान खोजे एमाले चुप लागेर बस्न नसक्ने चेतावनी दिनुभयो।
‘हिजो कोशी प्रदेशमा मतदान गर्न आफ्ना संसदलाई ह्विप जारी गर्ने,’ बस्नेतले भन्नुभयो, ‘आज सान्त्वना लिन बहुमत दिनुस् पहिचानका आधारमा नामाकरण गर्छु भनेर दोहोरो भूमिका खेल्दा मुलुक भडखालोमा पर्ने संकेत देखिएको छ।’

उहाँले पहिचानका नाममा प्रधनमन्त्रीको संम्लग्नतामा नै जातिय, धार्मिक तथा सामाजिक सद्भाव विथोल्न खोज्ने गिरोह सकृय भएको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘एकातर्फ अतिहिन्दुवादीहरू धर्मको नाममा छिमेकी मुलुकबाट भित्रिएको अर्कोतर्फ अतिजातिवादीहरु वर्षौदेखिको सामाजिक सद्भाव बिथोल्न हिंसात्मक गतिविधि मच्चाइरहेका छन्, यी दुबै नेपालीहरूको हितमा छैनन्।’
उहाँले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति देशलाई अस्थिरतातर्फ धकल्ने मात्र भएकाले जथाभावी बोलेर समाजलाई जजरजस्त हिंसात्मकतर्फ लैजान खोजे एमाले चुप लागेर बस्न नसक्ने चेतावनी दिनुभयो।
‘हिजो कोशी प्रदेशमा मतदान गर्न आफ्ना संसदलाई ह्विप जारी गर्ने,’ बस्नेतले भन्नुभयो, ‘आज सान्त्वना लिन बहुमत दिनुस् पहिचानका आधारमा नामाकरण गर्छु भनेर दोहोरो भूमिका खेल्दा मुलुक भडखालोमा पर्ने संकेत देखिएको छ ।’
नेता बस्नेतले सामाजिक सद्भाव, राष्ट्रिय एकता सहितको समुद्धीको यात्रा नै एमालेको पहिचान भएको स्पष्ट पार्नुभयो। उहाँले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई दरो बनाउन खोज्दा राष्ट्रिय राजनीतिमा नै एमालेमाथि आक्रमण भएको बताउनुभयो।
पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई वामपन्थी एकताको नेतृत्व तपाईंले गर्नुपर्छ भन्दै अनावश्यक विवादमा मुछेर एमालेलाई कमजोर बनाउने खेलमा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड आफैं लागेकोले हल्लाको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो।
‘अहिलेको अवश्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीको विकल्प छैन र यसबारे बहस पनि भएको छैन,’ पोलिटब्युरो सदस्य बस्नेतले भन्नुभयो, ‘यस्तो बहस प्रायोजित रूपमा फेसबुक जस्ता सामाजिक सञ्जालमा मात्र चलाइएका हुन्, यो वेमौसमी बाजा हो।’
उहाँले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीको बोर्ड र व्यानरका आधारमा फोहोरका डंगुरलाई भित्र्याउने एमालेको कुनै नीति नरहेको र सेनापति मिलाएर कम्युनिष्ट पार्टी बन्छ भन्नेमा विश्वस्थ छैनौं।’
पछिल्लो समय सुशासन र भ्रष्टचारका नाममा सरकारले जतिपनि गतिविधि गरेको छ, त्यो केवल भ्रष्टचार मिलाउने खेल मात्र भएको उनले टिप्पणी गर्नुभयो । पूर्व उद्योग मन्त्रीसमेत रहेका बस्नेतले भ्रष्टाचार, अनियमितता, व्यथिति, असुरक्षा जस्ता कुरा प्रधानमन्त्री पुष्पकमल दाहालकै कारण मौलाएकाले त्यसविरुद्ध राष्ट्रिय युवासंघ नेपालले अभियान सुरु गरेको बताउनु भयो।
संघीय सरकार परिवर्तन सम्भव छ भन्ने पत्रकारहरूको जिज्ञासामा उहाँले भन्नुभयो, ‘संघीय सरकार अप्राकृतिक छ, संसदीय व्यवस्थामा ठूलो दलले सरकार बनाउने हो, त्यसबाट भएन भने दोस्रो दलले, जुन अहिले भएको छैन्, कांग्रेसले हिम्मत गर्छ भने एमाले सत्तासमिकरण नगरी कांग्रेसलाई समर्थन गरेर जान सक्छ।’




प्रतिक्रिया