अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हामीलाई सत्तागठबन्धनबाट निकाल्ने षड्यन्त्र भइरहेको छ: माधव नेपाल

हामीलाई सत्तागठबन्धनबाट निकाल्ने षड्यन्त्र भइरहेको छ: माधव नेपाल


काठमाडौं-नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्तागठबन्धनबाट आफूहरूलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताउनु भएको छ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उहाँले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने प्रयास भइरहेको दाबी गर्नु भयो ।

अध्यक्ष नेपालले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने काम भइरहेको बताउनु भयो । उहाँले सबै सो षड्यन्त्रबाट होसियार रहन आग्रह गर्नुभयो । उहाँले गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी आफूहरूको रहेको बताउनु भयो । 

‘आज गठबन्धनलाई धारेहात लगाएर यसलाई कमजोर पार्नका लागि अनि यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि जुन किसिमको षड्यन्त्र भइरहेको छ। त्यसबाट होसियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु। त्यसैले गठबन्धनलाई बलियो बनाउने हाम्रो जिम्मेवारी हो,’ उहाँले भन्नुभयो, ‘विगतमा गठबन्धन बनाउने काममा भूमिका हामीले नै खेलेको हो। अहिले पनि हामीले भूमिका खेलेको हो। हामी कसैले तानेर गएको होइन, हामीले तानेर ल्याएको हो।’

अध्यक्ष नेपालले व्याख्यात्मक घोषणापछि मात्रै एमसिसी पास गर्नाले विदेशीको गुलाम बन्नु नपरेको दाबी गर्नुभयो।  उहाँले एमसिसीको घोर विरोध गर्दा वाहवाही पाउने भए नेपाल मजदुर किसान पार्टी र मोहनविक्रम सिंहको पार्टीले सय सिट कटाउने भन्दै प्रतिवाद गर्नुभयो ।