अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘संविधान र सुवास’कार्यक्रममा कृष्ण सिटौलादेखि राजेन्द्र लिङ्देन र ओनसरीदेखि उपेन्द्रसम्मले धारणा राख्ने

‘संविधान र सुवास’कार्यक्रममा कृष्ण सिटौलादेखि राजेन्द्र लिङ्देन र ओनसरीदेखि उपेन्द्रसम्मले धारणा राख्ने


काठमाडौँ–नेकपा एमालेका दिवंगत उपाध्यक्ष सुवाचन्द्र नेम्वाङको स्मृतिमा आज एमालेले केन्द्रीय कार्यालयमा सर्वदलीय छलफल आयोजना गरेको छ । संविधान दिवसको पूर्वसन्ध्यामा ‘संविधान र सुवास’ विषयमा आयोजना गरिएको कार्यक्रममा सातवटा पार्टीका नेताहरु सहभागी हुँदैछन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलादेखि माओवादी नेतृ ओनसरी घर्तीसम्म र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवदेखि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसम्मले संविधान र सुवासका विषयमा धारणा राख्नेछन् ।

एमाले प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार कार्यक्रममा लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे र संविधानविद् नीलाम्बर आचार्यले धारणा राख्ने कार्यक्रम रहेको छ ।

दिउसो १२.३० बजे सुरु हुने कार्यक्रम तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा हुनेछ ।