अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका बागमती र कर्णालीका प्रदेश अधिवेशन जारी,कोशीमा आजबाट सुरु

एमालेका बागमती र कर्णालीका प्रदेश अधिवेशन जारी,कोशीमा आजबाट सुरु


काठमाडौं- नेकपा एमालेले पार्टी भित्रको आन्तरिक लोकतन्त्रलाई मजवुद बनाउन आवधिक अधिवेशनलाई तिव्रता दिएको छ । असोज भित्रै पार्टीका प्रदेश अधिवेशन सम्पन्न गर्ने पार्टी केन्द्रीय सचिवालयको निर्णय बमोजिम लुम्बिनी प्रदेशको अधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेको छ । चारदिन अघि सुरु भएको बागमती प्रदेशको अधिवेशनमा आज मतदान मार्फत नेतृत्व चयनको तयारी भएको छ । अध्यक्ष पदका लागि रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहालबीच कडा प्रतिष्पर्धा हुदैछ ।


उत्ता कर्णालीमा तीनदिन अघिबाट सुरु भएको अधिवेशनमा बन्द सत्र सकिएको छ । आजबाट निर्वाचन प्रक्रिया अघि बढ्ने अध्यक्ष मण्डलका सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । रिजालका अनुसार सकेसम्म सर्वसम्मत अध्यक्षका लागि प्रयास हुने नभएमा भोली मतदानको तयारी गर्नेगरी काम अघि बढाइने छ ।


यता कोशी प्रदेशको अधिवेशन आजबाट सुरु हुदैछ । अधिवेशन उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाँदै हुनुहुन्छ । कोशीमा पनि सहमतीको अन्तिम कसरत गर्ने सहमती नभएमा चुनावबाट नेतृत्व चयन गर्ने एमालेको तयारी छ । कोशीमा घनश्याम खतिवडा र बिनोद ढकालबीच अध्यक्ष पदमा प्रतिष्पर्धा हुने देखिन्छ ।