अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमतीको मतदान साढे ११ बजेदेखि, आजै मतपरिणाम घोषणा हुने 

एमाले बागमतीको मतदान साढे ११ बजेदेखि, आजै मतपरिणाम घोषणा हुने 


काठमाडौँ–नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि साढे ११ बजेदेखि मतदान हुने भएको छ ।

निर्वाचन कमिटीले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै आज बिहान साढे ११ देखि दिउँसो साढे ५ बजेसम्म मतदानको समय निर्धारण गरेको हो । 

निर्वाचन कमिटीले अघिल्लो निर्वाचन कार्यतालिका संशोधन गर्दै नयाँ तालिका सार्वजनिक गरेको छ ।  

मतदानपश्चात् शुक्रबार नै मतपरिणाम घोषणा गर्ने तयारी गरेको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिनुभयो । 

एमाले बागमतीको अध्यक्षमा कैलाश ढुंगेल र  कृष्णप्रसाद दाहालबीच प्रतिस्पर्धा हुँदैछ ।