अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अझै केही दिन वर्षाको सम्भावना उच्च

अझै केही दिन वर्षाको सम्भावना उच्च


काठमाडौं – नेपालमा यो वर्ष औसत समयभन्दा ढिलो मनसुन बाहिरिने भएको छ । मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यो वर्ष केही ढिलो हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

“नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना देखिन्छ,” विभागले भनेको छ, “हाल बंगालको खाडीको उत्तर–पश्चिम भागमा विकास भैरहेको न्यूनचापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना देखिएकाले आगामी तीनरचार दिनसम्म देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।”
कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको रहेको विभागले जनाएको छ ।
पहाडी भू–भागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह केही बढ्न सक्ने सम्भावना रहेको छ । विभागका अनुसार दैनिक जनजीवन तथा सडक, हवाई यातायातसमेत केही प्रभावित हुनसक्ने सम्भावना भएको छ ।

बाली भित्र्याउने समय भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन पनि विभागले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ ।

विगत केही वर्षदेखि नेपालमा औसत समयभन्दा पछि मनसुन बाहिँरिदै आएको छ ।

Skip This