अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रमुख निर्वाचन आयुक्तमा कार्की, आयुक्तहरूमा सुब्बा र वाग्ले सिफारिश

प्रमुख निर्वाचन आयुक्तमा कार्की, आयुक्तहरूमा सुब्बा र वाग्ले सिफारिश


काठमाडौँ-संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्तका साथै दुई आयुक्त सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार बसेको परिषद् बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की (मोरङ)लाई नियुक्तिका लागि सिफारिस गरेको हाे। आयोगका रिक्त आयुक्त पदमा गुरु प्रसाद वाग्ले र राजिव सुब्बालाई सिफारिस गर्ने निर्णय गरेको हो।

प्रमुख आयुक्त सिफारिश मानबहादुर कार्की सर्वोच्च अदालतका रजिष्ट्रार हुन्। डा.राजीव सुब्बका नेपाल प्रहरीका अवकासप्राप्त डीआईजी हुन्।

संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।

Skip This