अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यौन दुर्व्यवहारको आरोप लागेका एसएसपीले दिए राजीनामा

यौन दुर्व्यवहारको आरोप लागेका एसएसपीले दिए राजीनामा


काठमाडौँ–सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिनुभएको छ । एसएसपी पालले राजीनामा पेश गरेको प्रहरीले जनाएको छ ।  

सुदूरपश्चिम प्रदेश कार्यालयमा हुँदा एसएसपी पालले दुर्व्यवहार गरेको भन्दै एकजना महिला सहायक हवलदारले उजुरी दिनुभएको थियो । 

त्यसबारे डीआईजी सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समिति बनेको थियो । समितिले पाललाई बर्खास्त गर्न सिफारिस गरेको छ । छानबिनका लागि गृह मन्त्रालयले उहाँलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।