अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लक्ष्मीपूजामा झिलिमिली बन्यो काठमाडौं उपत्यका

लक्ष्मीपूजामा झिलिमिली बन्यो काठमाडौं उपत्यका


काठमाडौं-दीपावली तथा लक्ष्मीपूजाको अवसरमा काठमाडौं उपत्यकासहित आसपासका आवासीय क्षेत्रहरू झिलिमिली बत्तीले उज्यालो बनेका छन् । घरका कौसी, झ्याल, छत तथा चोकहरूमा रङ्गीचङ्गी बत्ती झिलमिलाउँदा उपत्यकाको रात्रिकालीन दृश्य निकै मनमोहक र आकर्षक देखिएको छ ।

हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आइतबार देशभर धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइएको छ । यस अवसरमा काठमाडौं उपत्यकाका घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूलाई आकर्षक बत्ती र फूलमालाले सजाइएको छ ।

लक्ष्मीको स्वागतका लागि घरआँगनमा दीप प्रज्वलन गर्नुका साथै रङ्गोली बनाउने, लक्ष्मीको पाइला अंकित गर्ने र घरलाई फूलमालाले सजाउने परम्परा छ । साँझ परेसँगै घरका मूलढोका, झ्याल र छतमा बालिएका रङ्गीचङ्गी बत्तीले उपत्यकाका बस्ती तथा आवासीय क्षेत्रहरू झकिझकाउ बनेका छन् ।

त्यस्तै, उपत्यकाका सडक, बजार तथा व्यापारिक क्षेत्रमा पनि दीपावलीको विशेष रौनक देखिएको छ । झिलिमिली बत्ती, दीप प्रज्वलन र उत्सवमय वातावरणले काठमाडौं उपत्यकालाई थप सुन्दर र मनमोहक बनाएको छ ।