अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साम्प्रदायिक विद्वेष फैलाउने षड्यन्त्र भइरहेको छ: अध्यक्ष ओली

साम्प्रदायिक विद्वेष फैलाउने षड्यन्त्र भइरहेको छ: अध्यक्ष ओली


विराटनगर-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेको बताउनु भएको छ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले पछिल्लो समय साम्प्रदायिक विद्वेष फैलाउने र गलत मनसायले त्यसमा खेल्ने प्रयास भइरहेको बताउनु भएको हाे।

अध्यक्ष ओलीले धर्म, भाषा, संस्कृतिसहितका विविधतायुक्त नेपालले सामाजिक सदभावसहितको राष्ट्रिय एकताको सुदृढीकरणमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले विविधता मुलुकको सामूहिक सम्पत्ति भएको उल्लेख गर्दै त्यसको सदूपयोग गर्दै अघि बढनुपर्ने आवश्यक्ता समेत रहेकाे बताउनु भयो ।

‘केही नभई आफैं–आफैं घरबाट निस्किएर त कोही झगडा गर्दैन, कसैले उचाल्द्या हुन्छ,’ ओलीले भन्नभयो, ‘शान्ति खलबल्याउने कुरो असल मनसायले त हुँदैहुँदैन ।’ यस्ता गतिविधि देश, जनता र स्थानीय समुदाय कसैको हितमा नभएको उहाँले बताउनु भयो ।

‘साम्प्रदायिक विद्वेष भड्काउने कुरो कुनै पनि हिसाबले गलत मनसायका साथ नै हुने गर्छ । र, यो देशका लागि, जनताका लागि, स्थानीय समुदायका लागि, कसैका लागि पनि, कुनै हिसाबले पनि हितकर होइन,’ पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो।

अध्यक्ष ओलीले नेपालीहरुबीच आपसी झगडा गराएर मुलुकको सामाजिक सदभाव बिथोल्ने प्रयास हुन सक्ने भन्दै सचेत पनि गराउनु भयो ।