विराटनगर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश अधिवेशनलाई लिएर विपक्षीले गलत प्रचार गरेको आरोप लगाउनु भएको छ।
विराटनगरमा प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेमाथि घेराबन्दी भइरहेको बताउनु भएको हो।
विरोधीहरूले एमाले विभाजन गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेको उहाँको जिकिर छ।
कोशीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र आफ्नो समूहबीच गुटगत प्रतिस्पर्धा भएको भन्ने विषयलाई लक्षित गर्दै ओलीले यस्तो अभिव्यक्ति दिनुभएको हो।
अध्यक्ष ओलीले पार्टीभित्रका मधुकैटवले दिनु दुःख दिएको बताउँदै उनीहरू अहिले कांग्रेसको पाउमा पुगेको बताउनु भयो।
उहाँले पार्टीका नेताहरू आपसमा लड्नुपर्ने कुनै कारण नभएको भन्दै मिलेर विरोधीसँग लड्नुपर्ने बताउनु भयो।




प्रतिक्रिया