अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बझाङ भूकम्पबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा आकस्मिक बैठक आह्वान

बझाङ भूकम्पबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा आकस्मिक बैठक आह्वान


काठमाडौंमंगलबार बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाउनु भएको छ।

बिहीबार बिहान प्रधानमन्त्रीले बोलाउनुभएको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनर्स्थापनालगायतका विषयमा छलफल हुनेछ।

बैठक बस्नुपूर्व बुधबार दिउँसो प्रधानमन्त्रीले बझाङ जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू बोलाएर भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिनुभएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

Skip This