अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानसेनापति आइतबार बेलायत जाँदै

प्रधानसेनापति आइतबार बेलायत जाँदै


काठमाडौँ-प्रधानसेनापति प्रभुराम शर्मा यही असोज २१ गते आइतबार बेलायतको औपचारिक भ्रमणमा जानुहुने भएको छ।

बेलायतका प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा यही असोज २६ गतेसम्म हुने प्रधानसेनापतिको बेलायत भ्रमणबारे नेपालका लागि बेलायतका राजदूत रब फेनसँग बुधबार जङ्गी अड्डामा छलफल भएको छ।

त्यस अवसरमा उहाँहरूबीच पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

Skip This