अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मौसममा केही सुधार, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

मौसममा केही सुधार, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान


काठमाडौँ–नेपालमा हाल भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको  प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार पनि  कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।