अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँबाट दमाम उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्कियो

काठमाडौँबाट दमाम उडेको नेपाल एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्कियो


काठमाडौँ–काठमाडौँबाट साउदी अरबका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै फर्किएको छ । 

हिजो राति सवा ११ बजे काठमाडौँबाट साउदी अरबको दमामका लागि उडेको जहाज पाकिस्तानको कराँचीबाट फर्किएर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जहाज आसपास केही खतरा भए त्यसको सङ्केत दिने प्रविधि ुटिकासुमा खराबी भएपछि फर्किएको हो ।