काठमाडौँ–बाँकेको नेपालगञ्जमा उपमहानगरपालिकामा लगाइएको कर्फ्यू आज बिहानदेखि आंशिक रूपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै बिहान ८ देखि राति ८ बजेसम्मलाई कर्फ्यू हटाइएको जानकारी दिएको हो ।
राति ८ देखि शुक्रबार बिहान ६ बजेसम्म भने पूर्ववत् रूपमा कर्फ्यू जारी रहने सूचनामा उल्लेख छ ।
कर्फ्यू खुल्ला गरिएको अवधिमा निषेधाज्ञा भने जारी रहनेछ । बिहान ८ बजेदेखि राति ८ बजेसम्म नेपालगञ्ज क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने प्रशासनले जनाएको छ ।






प्रतिक्रिया