अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी जिल्लाका नदीमा आज बाढीको सम्भावना  

यी जिल्लाका नदीमा आज बाढीको सम्भावना  


काठमाडौँ–देशका अधिकांश ठाउँमा आज वर्षाको सम्भावना रहेको छ । जसले गर्दा अधिकांश ठूला नदीमा आज पानीको बहाव सामान्य घटबढ हुने पूर्वानुमान छ । 

केही जिल्लाका साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज इलाम, झापा, मोरङ, ताप्लेजुङ, पाँचथर, उदयपुर, सिरहा, सप्तरी र सिन्धुली आसपास भई बहने केही साना नदीमा बहाव सामान्य बढ्न सक्ने महाशाखाले जनाएको छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कन्काई र यसका सहायक नदीमा जलसतह सामान्य घटबढ हुने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।

Skip This