काठमाडौं-पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलमा मृत्यु भएका नेपाली नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
पूर्व राष्ट्रपति भण्डारीले शनिवार इजरायलमाथि भएको हमासको हमलामा परी मृत्यु भएका १० नेपाली नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। इजरायली सेना र प्यालेस्टिनी लडाकु समूह हमास बीचको द्वन्द्वमा परी नेपाली नागरिकसहित सयौँले ज्यान गुमाएको र हजारौँ घाइते समेत भएको समाचारले आफूलाई दुःखित बनाएको बताउनुभएको छ।
भण्डारीले सामाजिक सञ्जाल ट्विटरमार्फत ट्विट गर्दै ‘इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बिचको द्वन्द्वमा परी १० जना नेपाली नागरिक सहित सयौँले ज्यान गुमाएको खबरले अत्यन्त दुःखी बनाएको छ। म मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दछु। साथै, त्यहाँ रहेका नेपाली नागरिकहरूको सकुशल उद्धार गर्नुका साथै उनीहरूको सुरक्षाको लागि आवश्यक पहल गर्न म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु’ उल्लेख गर्नुभएको छ।
उहाँले शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । साथै, त्यहाँ रहेका नेपाली नागरिकहरूको सकुशल उद्धार गर्नुका साथै उनीहरूको सुरक्षाको लागि आवश्यक पहल गर्न समेत नेपाल सरकारलाई गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।





प्रतिक्रिया