काठमाडौं-मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि कालोमासो दलिएको छ। कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उहाँमाथि केही युवाले कालो मोसो दलेका हुन्।
कसले किन कालो दल्यो भन्ने खुलिसकेको छैन। प्रसाईंलाई पत्रकार सम्मेलनको कार्यक्रम जाँदै गर्दा कालोमोसो दलिएको हो।
दरबार प्रहरीका अनुसार अहिले भर्खरै प्रहरी त्यसतर्फ पुगेको छ । हालसम्म कसैलाई पनि नियन्त्रणमा नलिएको र कालोमोसो दल्ने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ।
प्रसाईँ केही समययता बैंक, लघुवित्त र सहकारीको चर्को व्याज नियन्त्रण, ऋण मिनाहालगायतको माग राखेर अभियानमा छन्। संघीयता खारेजी, हिन्दू राष्ट्र कायम, राजतन्त्र पुनर्वहाली पनि उहाँको एजेण्डा छ।




प्रतिक्रिया