अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इजरायलको बंकरमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीद्वारा सम्वाद

इजरायलको बंकरमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीद्वारा सम्वाद

इजरायलले अनुमति दिनेबित्तिकै विमान पठाउने आश्वासन


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा भएको हमासको आक्रमणमा परेर बंकरभित्र रहेका नेपाली विद्यार्थीहरूका टिम लिडर विपिन सुवेदीसँग कुराकानी गर्नुभएको छ।

उहाँले सोमबार दिउँसो सुवेदीसँग भिडिओ मेसेन्जरबाट कुराकानी गरेको स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो।

भिडिओ कुराकानीका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूहरू लगातार उद्धारका लागि पहल गरिरहेको जानकारी गराउनु भएको छ । साथै, उहाँले त्यहाँ अलपत्र रहेका विद्यार्थीसँग समन्वय गरिदिनका लागि आग्रह समेत गर्नुभएको छ।

सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भर्दा २९ गते इजरालय गएका ४९ जना विद्यार्थीहरूमध्ये १० जनाको निधन भएको छ।

प्रधानमन्त्री र विपिन सुवेदीसँगको वार्ताः

प्रधानमन्त्री प्रचण्डः सुदूरपश्चिको सबै विद्यार्थीहरूको नेतृत्व गरेको तपाईले हो? तपाईंको रमेशजी (रमेश मल्ल, स्वकीय सचिव) सँग लगातार कुरा भइरहेको मैले थाहा पाएको छु। परराष्ट्रमन्त्रीजीसँग पनि कुरा भएको छ। 

हामी अस्ति रातिदेखि नै लगातार लागिरहेका छौं। अहिले पनि यही विषयका लागि क्याबिनेटको बैठक पनि बोलाइएको छ। सर्वदलीय बैठक पनि बोलाइएको छ। अब अघि नै भने अनुसार राजदूतावासमा कुरा पनि भइरहेको छ। अहिले परराष्ट्रमन्त्रीस्तरमा पनि कुरा भइरहेको छ। 

तपाईंले त्यहाँ विद्यार्थीसँग लगातार कम्युनिकेट गरिदिुनपर्यो। र एकथरी मान्छेहरू ह्याभोक क्रियट गर्न खोजिरहेका हुन्छन् एकाध मान्छेहरू। 

विपिन सुवेदी: सबैजनालाई भनिसकेका छौं। अहिले साढे १ घन्टामा एउटा तयारीमा अहिलेलाई चाहिने एकजोर कपडा र एउटा पासपोर्ट ब्यागमा हालेर रेडि भएर बस्ने र लोकेसन सेयर गरौं भनेँ। हामीलाई छिटोभन्दा छिटो नेपाल फर्काइदिनुस्।

प्रधानमन्त्री प्रचण्डः लल हामी यहाँ गरिरहेका छौं। कति सक्रियताका साथ यहाँ गरिरहेका छौं।

Skip This