काठमाडौं-प्यालेस्टाइनको विद्रोही सेनाको आक्रमणमा परेर १२ जना थाई नागरिकको मृत्यु भएको छ।
११ जना थाई नागरिक अपहरणमा परेको रोयटर्सले जनाएको छ। थाइल्याण्डका डेपुटी परराष्ट्र मन्त्री जाकाफोङ साङमाग्नलेलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार ८ जना थाइ नागरिक घाइते भएका छन्।
यस्तै इजरायल र प्यालेस्टाइनको सीमा क्षेत्रमा ४ अमेरिकी नागरिक मारिएको सिएनएनले जनाएको छ। स्टेट अफ सेक्रेटरी एन्टोनी ब्लिकेनलाई उद्धृत गर्दै सिएनएनले जनाए अनुसार हराएका र हताहती भएकाहरुको संख्या खोजी भइरहेको छ।
‘धेरै अमेरिकन मारिएको विवरण आएका छन्। त्यसलाई पुष्टि गर्न लागिरहेका छौं, एन्टोनीले सिएनएनसँग भनेका छन्, ‘हराइरहेका खबर पनि छन्, तिनीहरुलाई पनि पुष्टि गर्न लागिरहेका छौं।’
इजरायलस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै आवश्यक सहयोगका लागि ‘क्राइसिस इनटेक फर्म’ भर्न आग्रह गरिएको छ। अमेरिकी नागरिकको हताहतीको संख्या निश्चित गर्न लागिरहेको राष्ट्रिय सुरक्षा काउन्सिलले जनाएको छ।
युक्रेनका दुई नागरिक मारिएका छन् । मृतक दुवै महिला रहेको लामो समयदेखि इजरायलमा बसोबास गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको मृत्युको कारण विस्तृतमा युक्रेनी परराष्ट्र मन्त्रालयले नखुलाएको द टाइम्स अफ इजरायलले जनाएको छ।






प्रतिक्रिया