अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सेनाले सुरक्षित स्थानमा लान थाल्यो

इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सेनाले सुरक्षित स्थानमा लान थाल्यो


काठमाडौं-इजरायलको शेदोत नेगेभ र पामे तासाजमा रहेका विद्यार्थीलाई इजरायली सेनाले सुरक्षित स्थानमा सार्न थालेको छ।

हमासको आक्रमणमा परी इजरायलमा अलपत्र विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा अवतरण थालिएको हाे ।

इजरायली सेना, स्थानीय संस्था र गैरआवासीय नेपाली संघको सहायतामा उनीहरुलाई उद्धार थालिएको हो।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, कैलालीका विद्यार्थी लुईस रिजालले आफूहरूको उद्धारका लागि सेनाको टोली आइपुगेको भिडिओमार्फत जानकारी गराएका छन्। 

आफूहरू बसेको बंकरबाट स्कर्टिङ गरेर लैजानका लागि आर्मीको टोली आइपुगेको उनले भिडिओमा बताएका छन्। 

‘हामी यहाँबाट सुरक्षित ठाउँमा जाँदैछौं। नेपाल सरकारले रेस्क्यु गरे हामीलाई राम्रो हुन्थ्यो,’ रिजालले भनेका छन्, ‘यहाँ अरु देशले आक्रमण गर्दैछ भन्ने हामीले सुनेका छौं।’

उनका अनुसार केहीलाई अहिले आर्मीले उद्धार गरेर लगिसकेको छ भने केहीको आधा घन्टामै उद्धार हुने बबताइएको छ। 

टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थीहरू गत भदौ २९ गते अध्ययनका लागि त्यसतर्फ गएका थिए। तीमध्ये १० जनाको निधन भइसकेको सरकारले बताएको छ। 

गम्भीर घाइते भएका ४ जनाको अस्पतालमा उपचार भइरहेको छ भने १ जना अझै सम्पर्कविहीन छन्।