अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजदेखि टीकाको दिनसम्म मौसम कस्तो रहला ? 

आजदेखि टीकाको दिनसम्म मौसम कस्तो रहला ? 


काठमाडौं-हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार यतिबेला (आइतबार बिहान) देशको पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। यसको अर्थ पहाडी क्षेत्रका आकाशमा कतै कतै बादल देखिए पनि देशका अधिकांश स्थानमा घाम देखिएको छ। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज कात्तकि ५ गते (अष्टमी) देखि ७ गते (टीका) सम्म यस्तो रहनेछ मौसम– 

कात्तिक ५ गते आइतबार
दिउँसो ː देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

कात्तिक ६ गते सोमबार
दिउँसोː देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

कात्तिक ७ गते मंगलबार
दिउँसो ː देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशसहित देशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

मौसमविद्का अनुसार एक/दुई स्थानमा मात्र सम्भावना देखिनु भनेको वर्षा तथा हिमपात हुने सम्भावना कम हुनु हो। 

Skip This