अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इजरायलमा मारिएका नेपालीहरूप्रति श्रद्धाञ्जली अर्पण

इजरायलमा मारिएका नेपालीहरूप्रति श्रद्धाञ्जली अर्पण


काठमाडौं-इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरुमध्ये दीपेश विष्ट र लोकेन्द्रसिंह धामीको शव आज बिहान काठमाडौं आइपुगेको छ।

नारायणप्रसाद न्यौपानेको शव भने राति नै काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। आज बिहान ल्याइपुर्याइएका धामी र विष्टको शव पनि त्रिवि शिक्षण अस्पतालमै लगिएको छ।

आशिष चौधरीको शव भने आज दिउँसो आइपुग्दै छ । चारवटै शव अपराह्न दुई बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लगिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

न्यौपानेको शव राति नै नेपाल आइपुगेको थियो भने आइतबार बिहान  धामी र विष्टको शव विमानस्थलमा आइपुगेको हो । शव नेपाल आइपुगेसँगै परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, नेपालका लागि इजरायली राजदूत हाना गोडरलगायत अधिकारीहरू पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेपाल ल्याइएका शवमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा श्रद्धाञ्जली अर्पण गरिएको छ।