अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फ्रिज चलाउँदा काठमाडौंमा महिलाको करेन्ट लागेर मृत्यु

फ्रिज चलाउँदा काठमाडौंमा महिलाको करेन्ट लागेर मृत्यु


काठमाडौँ-काठमाडौँमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-१६ नयाँबजार डेरा गरी बस्ने बारा मधुवन नगरपालिका-१ घर भएकी ३४ वर्षीया लिलावती चौघरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो। 

काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित आफैले संचालन गरेको चौधरी खाजा घरमा फ्रिज चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको महारजगंजस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Skip This