अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँको भद्रकालीमा सवारी पूजा गर्नेको भीड

काठमाडौँको भद्रकालीमा सवारी पूजा गर्नेको भीड


काठमाडौँ-काठमाडौँको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ। बडा दसैँअन्तर्गत आज महानवमीको अवसरमा शस्त्रअस्त्र तथा औजारहरू र अटो शोरुम, अटो वर्कशप तथा आफ्ना निजी सवारीहरु पूजा गर्नु अगाडि धोई,पखाली गाडी सर्भिसिङ गरिन्छ। 

महानवमीको अवसरमा आज बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारी साधनले आफूलाई सधैँ साथ दिने, नबिग्रने आशाका साथ सवारीको पूजा गर्ने गर्दछन् । आजको दिन विशेषतः अटो शोरुमहरुले पनि आफ्ना अटोमोबाइल्स प्रोडक्टहरुको विशेष पूजाअर्चना गर्छन् । 

विधिवत् रूपमा गरिने यो पूजालाई विशेष महत्वका रूपमा लिइन्छ । नवरात्रको महाअष्टमी/नवमीमा औजारहरूको पूजा गरेमा औजारहरू वा साधनहरू धेरै समय टिक्ने, आफूलाई नाफाउन्मुख गराउने जस्ता विश्वास राखेर विशेष पूजा गर्ने प्रचलन रही आएको छ ।