अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तलेजुमा दर्शनार्थीको भीड

तलेजुमा दर्शनार्थीको भीड


काठमाडौँवर्षको दिन मात्र खोलिने तलेजु भवानीको मन्दिरमा आज भक्तजनहरूको भीड लागेको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको यस मन्दिर एक वर्षमा एक पटक  महानवमीका (आज) मात्र खुल्ला हुने गर्दछ। दसैँको नवौँ दिन महानवमीका दिन तलेजु भवानीको दर्शनार्थ बिहानैदेखि लाइन लागेको थियो।

कोत, दशैंघर लगायत अन्य देवी मन्दिर र शक्तिपीठहरुमा महानवमीका दिन (आज) बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना तथा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ।

तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने चलन छ। तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूल चोकमा ल्याइएको थियो। मूल चोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ।