अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले देशलाई बाटो देखाउने पार्टी हो: शंकर पोखरेल 

एमाले देशलाई बाटो देखाउने पार्टी हो: शंकर पोखरेल 


दाङ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले देशलाई बाटो देखाउने पार्टीको रूपमा स्थापित भएको बताउनु भएको छ। 

राष्ट्रिय चिकित्सक संघ नेपाल दाङको प्रथम भेला तथा शुभकामना आदानप्रदान कार्यक्रमका बोल्दै महासचिव पोखरेलले पोखरेलले पाँच जनाले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी आज देशको नेतृत्व गर्ने पार्टी बनेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘पाँच जनाले निर्माण गरेको पार्टी आज देशको नेतृत्व गर्ने पार्टीको रूपमा, देशलाई बाटो देखाउने पार्टीको रूपमा स्थापित भएको छ।’

काम थाल्दा थोरै हुने र केही असजिलो हुने भए पनि सुरुवात गर्नेको विशेष महत्त्व हुने उहाँले स्पष्ट पार्नुभयो । ‘थाल्दाखेरि थोरैले थाल्ने हो, त्यसले नै बाटो देखाउँछ र समाजलाई डोर्‍याउने सामर्थ्य राख्दछ’, उहाँले भन्नुभयो । 

यति बेला देश बनेन भन्दा पनि देश कसरी बन्छ भन्ने चिन्तन र चिन्ता गर्नुपर्नेमा उहाँको जोड छ । देशको प्रगतिको लागि शिक्षा, स्वास्थ्य, प्रविधिको प्रयोग, पुँजीको विकास र व्यवस्थापकीय क्षमता आवश्यक रहेको पोखरेलले बताउनुभयो । 

सामाजिक क्षेत्रको विकासमा युवा र त्यसमा पनि चिकित्सकको महत्त्वपूर्ण भूमिका हुने उहाँले प्रष्ट पार्नुभयो । चिकित्सा क्षेत्रमा काम गर्ने सामर्थ्य एमालेले राख्ने तर नेतृत्व भने कांग्रेसले गर्ने विडम्बनापूर्ण स्थिति भएको पोखरेलले बताउनुभयो । 

Skip This