काठमाडौँ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीहरूको चाडपर्वका अवसरमा आज आयोजना गरिएको चियापनमा सहभागी हुनुभएको छ।
सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी चियापानमा पुग्नुभएका सभापति एवं पूर्व प्रधानमन्त्री देउवालाई एमालेका अध्यक्ष ओलीलगायत नेताहरुले स्वागत गर्नुभएको थियो।
एमालेले दसैँ, तिहार, नेपाल संवत् र छठ लगायतका पर्वका अवसर पारेर आज (बुधबार) पार्टी कार्यालय च्यासलमा चियापान कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा विभिन्न दलका शीर्ष नेतालाई निम्ता गरिएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी यसअघि नै च्यासल पुगिसकेका थिए।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भने पुगेका छैनन्। उहाँ पार्टीको कामले बिहानै रौतहट पुगेकाे उहाँ निकट स्रोतले बतायो।
एमालेले पार्टीका कार्यकर्ताका लागि १२ः३० र विशिष्ट पाहुना र अन्य व्यक्तिका लागि २ः३० बजे चियापानमा सहभागी हुन आमन्त्रण गरेको थियो ।





प्रतिक्रिया