कास्की-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसकै मन्त्रीहरुले जनताका पक्षमा काम गर्न नसकेको बताउनु भएको छ।
नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले संसदीय व्यवस्थामा प्रधानमन्त्री नै सर्वेसर्वा हुने भएकाले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीले काम गर्न नसकेको बताउनु भयो।
‘कांग्रेसकै नेताले मुख्यमन्त्री माओवादीलाई दिने कुरा कसरी मान्न सकिन्छ ?’ कोइरालाले भन्नुभयो, ‘कोशीमा नयाँ एक्सपेरिमेन्ट हो। हेरौं कसरी अगाडि बढ्छ ।’
उहाँले कांग्रेसका नेताहरुले नै माओवादी सामु गएर तिम्रै पार्टीको यो मान्छेलाई मुख्यमन्त्री बनाउ भनेकाले कोशी प्रदेशमा नयाँ राजनीतिक अवस्था सिर्जना भएको बताउनु भयो।






प्रतिक्रिया