काठमाडौं-नेकपा उदयपुर-काठमाडौं सम्पर्क मञ्चले सामूहिक देउसी-भैलो कार्यक्रम गर्ने भएको छ।
नेपालीहरूको दोस्रो ठूलो पर्व शुभदिपावली (तिहार), छठ तथा नेपाल सम्वत् अवसर पारी यही कात्तिक २५ गते शनिवार बिजुलीबजार काठमाडौंस्थित क्रिस्टल पार्टीप्यालेसमा २०८० साल कात्तिक २५ गते शनिवार दिउँसो १२ बजे सामूहिक देउसी-भैलो कार्यक्रमको आयोजना गर्न लागेको एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष उमाकान्त चौधरीले जानकारी दिनुभयो।
गत वर्ष झैं यस वर्ष पनि नेपाली संस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने उद्देश्यका साथ देउसी-भैलो कार्यक्रम आयोजना गर्न लागिएको मञ्चका अध्यक्ष चौधरीले बताउनुभयो।

अध्यक्ष चौधरीले भन्नुभयो, ‘नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चले तिहार तथा छठ पर्वको अवसरमा बिजुलीबजार काठमाडौंस्थित क्रिस्टल पार्टीप्यालेसमा २५ गते शनिवार दिउँसो १२ बजे गर्न गइरहेको हुनाले उदयपुर जिल्लाबाट काठमाडौं उपत्यकामा विभिन्न पेशामा आवद्ध उदयपुरे सम्पूर्ण दिदीबहिनी, आमाबुवा, दाजुभाइ, मञ्चमा आवद्ध पदाधिकरी, सचिवालय सदस्य, सदस्यहरु, मञ्च सल्लाहकारहरु एवं ४ वटा पालिका र ४ वटा नगरपालिकाका महानुभावहरु, एमालेका नेता-कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक, समर्थक लगायत मानुभावहरुलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछु।’






प्रतिक्रिया