काठमाडौँ-सभामुख देवराज घिमिरेले निर्माणाधीन संघीय संसद्को भवन दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ।
मंगलबार सहरी विकास मन्त्रालयले संसद् भवनभित्र प्रयोग गरिने प्रविधिहरुको सम्बन्धमा जानकारी दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संघीय संसद्को मुख्य दुईवटा भवनहरु दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनु भएको हाे।
उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभाका मुख्य बैठक कक्षमा आवश्यक प्रविधिहरु दुई महिनाभित्र जडान गरिसक्न आग्रह गर्नुभयो।
सभामुख घिमिरेले सबै भवनहरुको निर्माण सम्पन्न नभएपनि बैठक बस्ने दुईवटा बैठक कक्षको भने प्राविधिक रुपमा सबै काम सक्नेगरी तयारी गर्न अनुरोध गर्नुभयो । उहाँले संसद् भवनमा जडान गरिने प्रविधिहरुको बारेमा प्राविधिकहरुले जडान गर्दादेखि नै ज्ञान लिनुपर्ने बताउनु भयो।
सहरी विकासमन्त्री सीता गुरुङले संघीय संसद् भवनमा नयाँ प्रविधिको जडान गरिने बताउनु भयो । उहाँले भोलिको विश्वसँग तुलना गरेर नयाँ प्रविधिहरुलाई प्राथमिकता दिएर जडान गरिने बताउनु भयो । उहाँले बजेटको सीमिततालाई ख्याल गर्दै सकेसम्म राम्रा प्रविधिहरुको प्रयोग गरिने बताउनु भयो ।




प्रतिक्रिया