काठमाडौं–नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रवासी नेपाली मञ्च (ओएनएफ) को दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष प्रभुराम थापासहित सम्पूर्ण नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
अध्यक्ष ओलीले नवनिर्वाचित अध्यक्ष थापासहित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै उनीहरूको सफल कार्यकालको कामना गरेका हुन्।
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशनबाट अमेरिकाको बाल्टिमोर निवासी लमजुङका प्रभुराम थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।

त्यसैगरी उपाध्यक्षमा संयुक्त अरब इमिरेट्स (यूएई) का टकबहादुर गुरुङ, सचिवमा बेलायतका रामशरण सिंखडा र उपसचिवमा अमेरिकाका कृष्णप्रसाद लामिछाने निर्वाचित भएका छन्। उपसचिव (महिला)मा इजरायलकी ज्योतीदेवी शर्मा निर्विरोध निर्वाचित भएकी छन्।
महाधिवेशनबाट विभिन्न महादेशको प्रतिनिधित्व हुने गरी सदस्यहरू पनि निर्वाचित भएका छन्। निर्वाचित सदस्यहरूमा कृष्णप्रसाद आचार्य, चन्द्रबहादुर गुरुङ, तेजबहादुर कटवाल, प्रभात त्रिपाठी, विनेशकुमार तामाङ, इन्दिरा कटवाल, रश्मि राई (गुराँस), इन्द्रप्रसाद ओली र गोविन्दप्रसाद पौडेल रहेका छन्।
त्यसैगरी चन्द्रकान्त आचार्य, टीकाराम सापकोटा, सत्यनारायण झा, सुरेन्द्र थपलिया, चन्द्राकुमारी गुरुङ, सरस्वती केसी, प्रकाश बस्नेत, रमेशप्रसाद धिताल, कुन्ती थापा, अनित थपलिया, बसन्त राई, रामचन्द्र लोप्चन, डा. सन्जुकुमारी पौडेल, केशव जोशी, बालगोपाल उपाध्याय, माधव शाह र सीता केसी थापा पनि सदस्यमा निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सोमबार नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा शपथ गराइएको छ। एमाले उपमहासचिव एवं प्रवासी नेपाली मञ्चका इञ्चार्ज लेखराज भट्ट र संगठन विभाग प्रमुख भानुभक्त ढकालको उपस्थितिमा अध्यक्ष प्रभु थापाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराएका हुन्।
नयाँ नेतृत्व चयनसँगै प्रवासी नेपाली मञ्चले अन्तर्राष्ट्रियस्तरमा आफ्नो संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।






प्रतिक्रिया