काठमाडौं-ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरूले दराजको ११ः११ अफरमा अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ।
यही नोभेम्बर ११ देखि २२ सम्म रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आईएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन्।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा २ हजार रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले २० प्रतिशत वा २ हजार ५०० रुपैयाँसम्म छुट पाउनेछन् ।
बैंकका कार्डवाहक ग्राहकहरूले छुट पाउनका लागि दराज एपबाट ग्लोबल आईएमई बैंकको कार्डको छुट भौचर सङ्कलन गर्नुपर्नेछ। यी भौचरहरू चेकआउट प्रक्रियाको क्रममा स्वचालित रूपमा लागू हुने बैंकले जनाएको छ।
ग्लोबल आईएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई सहज, निरन्तर तथा इनामदायी किनमेल अनुभव सुनिश्चित गर्दै आएको छ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ।






प्रतिक्रिया