काठमाडौँ–नेपाल प्रहरीका प्राविधिक इन्जिनियरिङलगायत समूहका ३१ प्रहरी नायब निरीक्षक (सई)को बढुवाका लागि सिफारिस गरिएको छ ।
बढुवा समितिको हिजो बसेको बैठकले प्राविधिक समूहअन्तर्गतका विभिन्न उपसमूहका ३१ असईलाई सईमा बढुवाका लागि सिफारिस गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार इन्जिनियर समूहको सञ्चारतर्फका २८ प्रहरी सहायक निरीक्षक (असई)हरुलाई सईमा बढुवाका लागि सिफारिस गरेको छ । त्यस्तै स्वास्थ्य उपसमूहको २ जना असईलाई सईका लागि सिफारिस गरिएको छ । त्यसैगरी प्रधान कार्यालयले केनाईन उमसमूहको सईका लागि पनि १ जनाको नाम सिफारिस गरेको छ ।










प्रतिक्रिया