अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जाजरकोटमा भूकम्प परकम्पको संख्या ४६६ पुग्यो

जाजरकोटमा भूकम्प परकम्पको संख्या ४६६ पुग्यो


काठमाडौँ–जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन ।

गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको भूकम्पको गएको थियो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका अनुसार रामीडाँडा र त्यसको आसपासमा परकम्प गइरहेको छ । केन्द्रका अनुसार आज बिहान साढे १० बजेसम्म ४६६ वटा परकम्प गइसकेको छ ।