अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते


सर्लाही-सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन्।

गोडैता नगरपालिका-८ सिसौटियामा गएराति ना ५ त ६१६२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

बाँस बोकेको ट्याक्टर आफैँ अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको सर्लाहीका डीएसपी दीपेन्द्र पण्जियारले जानकारी दिनुभयो।

दुर्घटनामा ट्याक्टर चालक गोडैता नगरपालिका-७ का ४० वर्षीय अखिलेश्वर पटेल र गोडैता-८ का २८ वर्षीय शंकर पटेलको मृत्यु भएको हो।