काठमाडौं-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान कार्यान्वयन गर्ने विषयमा ध्यान दिन सके जनताका निराशा कम हुँदै जाने बताउनु भएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गरेको कार्यक्रममा तिमिल्सिनाले संविधानले प्रत्याभूत गरेको हक अधिकारको कार्यान्वयन सही ढंगले हुन नसक्दा जनतामा दलहरूप्रति निराशा छाएको बताएउनु भयो।
सरकारले संविधानअनुसारका कानून बनाउन बढी ध्यान दिनुपर्नेमा उहाँको जोड छ।
‘बनाउनुपर्ने कानूनको सरकारी विधेयक आउन सकेको छैन। गैरसरकारी विधेयक आउने वातावरण नै छैन। संविधानलाई कार्यान्वयनमा ल्याउँदै नागरिकको मानव अधिकार संरक्षण गर्न जरुरी छ’, उहाँले भन्नुभयो।
कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले नागरिकको अधिकारको संरक्षणका लागि कानून निर्माण गर्दै प्रभावकारी कार्यान्वन हुन जरुरी रहेको बताउनु भयो ।




प्रतिक्रिया