काठमाडौँ-नेकपा एमालेले भूकम्प प्रभावितहरूलाई पारदर्शी, निष्पक्ष र प्रभावकारी ढङ्गले राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
बुधवार पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारलाई यसबारे ध्यानाकर्षण गराएको हो।
भूकम्प प्रभावितहरूलाई निष्पक्ष र पारदर्शी ढङ्गले राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको ज्ञवालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘राहत सङ्कलन भएर पनि प्रभावकारी वितरण हुन सकिरहेको छैन । राहत डम्प भएको, नागरिकहरू चिसोमा भोकभोकै सुत्न बाध्य भएको तथा राहतमा पनि राजनीतिकरण भएको मात्रै होइन पछिल्लो समय त एक खालको विपत् पर्यटन जस्तो विपत् हेर्न जाने र सेल्फी खिच्न जानेजस्तो’ भएकाले गम्भीर, निष्पक्ष र पारदर्शी ढङ्गले राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएका हौं।’




प्रतिक्रिया