काठमाडौं-सरकारले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० स्वीकृत गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जालसम्बन्धी प्रस्ताव विधेयक समितिबाट क्याबिनेटमा प्रस्तुत भएर स्वीकृत भएको सञ्चारमन्त्री तथा प्रवक्ता रेखा शर्माले बताउनु भयो।
उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० भन्ने प्रस्ताव सञ्चार मन्त्रालयबाट आएको थियो । यो विधेयक समितिबाट आज क्याबिनेटमा प्रस्तुत भएर आज स्वीकृत भएको छ। सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय भएको छ।






प्रतिक्रिया