जाजरकोट-नेकपा (एमाले) स्थायी कमिटी सदस्य यामलाल कँडेलले राहतमा राजनीति गर्न नहुने बताउनुभएको छ ।
‘जनता पिडामा छन्, उनीहरुको पिडा कम गर्नु पर्ने समयमा जनताले नै विभेद गरेको महसुस गरेको देखिन्छ,उनले भने, ‘सामाजिक सञ्जालमा विभेद गरेको जसरी जनताको अभिव्यक्ति आएका छन्, यो सरकार राजनीतिक दलका लागि राम्रो कुरा होइन’ विपतको जात, धर्म र पार्टी हुँदैन यो समयमा मानवीय व्यवहार देखाउनुपर्छ ।’
उद्धारको काम सकिएको र अब राहत र पुनर्निर्माणमा लाग्न पहल गर्ने उहाँले बताउनुभयो । पार्टीको निर्णय अनुसार एक हजार स्वयंसेवकलाई परिचालन गर्न ठोस योजना बनाएर लाग्न जाजरकोट जिल्ला कमिटीलाई निर्देशक उहाँ दिनुभयो । यो समयमा जनताको पिडामा मलम लगाउने काममा सबै पार्टी पङ्क्ति लाग्नुपर्ने उहाँले बताउनुभयाे ।
जाजरकोटको भेरी नगरपालिका र बारेकोट गाउँपालिकामा भूकम्पले पुराएको क्षतिको नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशसभाका विपक्षी दलका नेता कँडेलले पोलिटब्युरो सदस्य भैरव सुन्दर श्रेष्ठ, लक्ष्मी पोखरेल, कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह, उपाध्यक्ष टेकराज पछाई, सचिव ध्रुवकुमार शाही उपसचिव रमेशकुमार शाहीसहित अवलोकन गर्नुभएको थियो।




प्रतिक्रिया