अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआईसी एसिया बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ?

एनआईसी एसिया बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ?


काठमाडौं-एनआईसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ।

बैंकले मंसिर १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो।

बैंकले मंसिर महिनाको लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.५८ प्रतिशतदेखि अधिकतम ६.५८ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ। त्यसैगरी बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ६.९६ प्रतिशत र व्याक्तिगततर्फ ८.९६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।

बैंकले फिक्स किसिमको कर्जामा १३.७६ प्रतिशत ब्याजदर तोकेको छ।

बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर तोक्ने जनाएको छ। बैंकको बेसरेट १०.९६ प्रतिशत छ।

Skip This