अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोकुल बास्कोटालाई सम्झिदै झाँकीको भनाइ : सामाजिक सञ्जाल नियमन विरुद्धको रोइलो गलत थियो

गोकुल बास्कोटालाई सम्झिदै झाँकीको भनाइ : सामाजिक सञ्जाल नियमन विरुद्धको रोइलो गलत थियो


काठमाडौं-नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीले सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका परिमार्जनसहित स्वीकृत गरेपछि पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको स्मरण गर्नुभएको छ।

सचिव झाँक्रीले सामाजिक सञ्जालमार्फत पूर्व सञ्चारमन्त्री बास्कोटाले सामाजिक सञ्जाललगायतका विकृति नियन्त्रणका लागि ४ वटा विधेयक ल्याउन खोज्दा संसदमा दर्ता नै गर्न नदिनेहरुको कर्म गलत थियो भन्ने पुष्टि भएको बताउनु भएको हाे।

सामाजिक सञ्जाल मार्फत्आफ्नो धारणा सार्वजनिक गर्दै सचिव झाँक्रीले लोकतन्त्रका नाममा त्यसबेला गोकुल बास्कोटाविरुद्ध भएका रोइलो गलत थियो भन्ने पनि पुष्टि भएको बताउनु भयो।

सचिव झाँक्री भन्नुहुन्छ, ‘तत्कालिन नेकपा एमालेको सरकारले खास गरी तत्कालिन सञ्चारमन्त्री गोकुल बास्कोटाले त्योबेला ल्याउन खोजेका चारवटा सोसल मिडिया, मिडिया काउन्सिल लगायतका विधेयकहरू संसदमा दर्ता नै गर्न नदिने, दर्ता भएका विधेयक माथि छलफल नै गर्न नदिने र लोकतन्त्रको नाममा जुन रोईलो भएको थियो नि, म आज सम्झदै। त्यो कर्म गलत थियो।आज समाजलाई जता लान खोजिंदैछ नी यी सामाजिक सञ्जाल मार्फत गम्भीर बनौ है !’