अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्लोबल आईएमई बैंकका ग्राहकले तिहारमा डिजिटल कारोबार गर्दा ‘क्यासब्याक’ पाउने

ग्लोबल आईएमई बैंकका ग्राहकले तिहारमा डिजिटल कारोबार गर्दा ‘क्यासब्याक’ पाउने


काठमाडौं-ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरूले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ।

बैंकका डेबिट वा क्रेडिट कार्डबाहक ग्राहकहरूले नेपालभरका पीओएस मेसिनमा रु. एक हजार वा सो भन्दा बढीको कम्तीमा ३ वटा कारोबारमा रु. ३०० अथवा  ५ वटा कारोबारमा रु. ५०० क्यासब्याक पाउनेछन्।

पस मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि २०८० कार्तिक २५ गते कागतिहारदेखि कार्तिक २९ भाइटीकासम्म रहेको छ।

यसैगरि बैंकको मोबाइल बैंकिङ्ग एप-ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरुले कार्तिक २५ गते कागतिहार देखि कार्तिक २९ भाइटीकासम्म बेलुका ५ बजे देखि ८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड रोमन‘तिहार’ लेखी भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा रु. ३०० सम्म क्यासब्याक पाउनेछन्।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक क्यासब्याक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५२ शाखा, ३७५ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ।

Skip This