अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तिहार तथा छठ बिदामा आयोग खुला रहने

तिहार तथा छठ बिदामा आयोग खुला रहने


काठमाडौँराष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय तिहार तथा छठको बिदामा पनि खुल्ने भएका छन्। 

कार्यालय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन्। आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमा झैं यस वर्ष पनि तिहार र छठको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको कार्यालयका प्रवक्ता डा.टीकाराम पोखरेलले जानकारी दिनुभयो।

यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्नेछ।

Skip This